रहेनन् अब बहुराष्ट्रिय कम्पनी डाबरलाई नेपाल भित्र्याएका व्यवसायी राणा

४ बर्ष अगाडि

बहुराष्ट्रिय कम्पनी डाबरलाई नेपाल भित्र्याएका व्यवसायी रुक्म शमशेर राणाको निधन भएको छ । 

डाबर नेपालको प्रवन्धक निर्देशकसमेत बनेका राणाको शनिबार बिहान काठमाडौंको बत्तिसपुतलीस्थित आफ्नै निवासमा ८५ वर्षको उमेरमा निधन भएको हो ।

राणा मिर्गौला, मधुमेह र रक्तचाप सम्बन्धी समस्याबाट पीडित रहँदै आएका थिए । नेपाली कांग्रेसका संस्थापक सुवर्ण शमसेर राणाका कान्छा छोरा रहेका उनी सन् २००९ देखि २०११ सम्म भारतको लागि नेपाली राजदूत भएका थिए । उनी राष्ट्रिय खेलकुद परिषद (राखेप )को सदस्यसचिव पनि बनेका थिए ।

४ बर्ष अगाडि

प्रतिक्रिया