यो सातामा नेप्सेमा ५ कम्पनीको शेयर सूचिकृत, कुनको कति ?

४ बर्ष अगाडि

काठमाडौं - यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा विभिन्न ५ कम्पनीको शेयर सूचिकृत भएको छ । जसमा सांग्रिला डेभलपमेन्ट बैंक, प्राइम कमर्सियल बैंक  लिमिटेड, सिटिजन्स म्युचुअल फण्ड १, सिटिजन्स म्युचुअल फण्ड–२ र माछापुच्छ्रे बैंकको शेयर सुचिकृत भएको हो । 

सांग्रिला डेभलपमेन्ट बैंक
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सांग्रिला डेभलपमेन्ट बैंकको ऋणपत्र सूचिकृत भएको छ । नेप्सेका अनुसार '९ प्रतिशत सांग्रिला बैंक डिबेञ्चर २०८७' को ७ लाख ५० हजार कित्ता ऋणपत्र सूचिकृत भएको हो ।

सांग्रिला डेभलपमेन्ट बैंकले असार ६ गतेदेखि असार २० गते सम्म १० वर्ष अवधिको ‘सांग्रिला डेभलपमेन्ट बैंक डिबेन्चर २०८७’ नाममा ७५ करोड रुपैयाँ बराबरको ७ लाख ५० हजार कित्ता ऋणपत्र निष्कासन गरेको थियो ।

प्राइम कमर्सियल बैंक लिमिटेड
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा प्राइम कमर्सियल बैंकको ऋणपत्र सूचिकृत भएको छ । बैंकको  '८.७५ प्रतिशत प्राइम डिबेञ्चर २०८५' को २४ लाख ४७ हजार ९ सय ६३ कित्ता ऋणपत्र सूचिकृत भएको छ । 

प्राइम कमर्सियल बैंक लिमिटेडले फागुन २८ गतेबाट चैत्र १३ गते सम्म ८ वर्ष अवधिको लागि ‘८.७५ प्रतिशत, प्राइम डिबेन्चर २०८५’ नाममा ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ३५ लाख कित्ता ऋणपत्र निष्कासन गरेको थियो ।

सिटिजन्स म्युचुअल फण्ड-१
नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सिटिजन्स म्युचुअल फण्ड-१ ईकाइ मूल्य समायोजन भएको छ ।समायोजन पछि सिटिजन्स म्युचुअल फण्ड-१ को ईकाइ मूल्य ११ रुपैयाँ २० पैसा कायम भएको छ । 

सिटिजन्स म्युचुअल फण्ड–२
नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सिटिजन्स म्युचुअल फण्ड–२ ईकाइ मूल्य समायोजन भएको छ । सिटिजन्स म्युचुअल फण्ड–२ को ईकाई मूल्य ११ रुपैयाँ ४९ पैसा कायम भएको नेप्सेले जनाएको छ । 

माछापुच्छ्रे बैंक
माछापुच्छ्रे बैंकको ऋणपत्र शुक्रवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । कम्पनीको २२ लाख ५३ हजार ४९६ कित्ता ऋणपत्र सूचीकृत भएको हो । 

अव यो ऋणपत्र आइतवारदेखि लगानीकर्ताले खरीदविक्री गर्न सक्नेछन् । कम्पनीले ८.५ प्रतिशत माछापुच्छ्रे ऋणपत्र २०८७ नामक ऋणपत्र सूचीकत गराएको हो । 

४ बर्ष अगाडि

प्रतिक्रिया