काठमाडौं - नेकपा (एमाले) नेता गोकुल बास्कोटाले कलाकार भरतमणी पौडेलले सबैको क्यारिकेचर गरेपनि फुटबल स्टार लियोनल मेस्सीको भने गर्न नसक्ने बताएका छन् ।
मेस्सीको उच्च प्रशंसा गर्दै नेता बास्कोटाले भरतमणीबाट मेस्सीको क्यारिकेचर नहुने बताएका हुन् । उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै गएराति भएको विश्वकप – २०२२ अन्तर्गत अर्जेन्टिना र बोलिभियाबीचको छनौट खेल मिस गरेको तर भर्खर हेरेको बताउँदै उक्त खेलमा मेस्सीको गोल उत्कृष्ट रहेको नेता बाँस्कोटाले बताएका छन् ।
भरतमणि पौडेललाई कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन सिजन २’ को उपाधिका दाबेदार मानिएका छ । उनी ताप्लेजुङबाट प्रतिस्पर्धामा सहभागी भएका हुन् । उत्कृष्ट प्रस्तुतिको आधारमा उनलाई सिधै अन्तिम ३ मा लगिएको हो ।
उनी विषेश गरि यस अघि उनै बास्कोटाको क्यारिकेचरका कारण चर्चामा आएका हुन् । पछिल्लो समय पूर्वयुवराज पारस शाहका कारण उनको चार्चा अझ चुलिएको छ । भरतमणि कमेडी च्याम्पियनका सर्वाधिक प्रफमर अफ डेको उपाधिबाट सम्मानित हुने प्रतिस्पर्धी पनि हुन् ।
उनी सँगै भारत सिक्किमका बिक्की अग्रवाल र गोरखाका सन्तोष थापा उत्कृष्ट ३ मा छन् । अब भोटका आधारमा २ असोजमा कमेडी च्याम्पियन छानिने छ ।
पौडेललाई कमेडी च्याम्पियनको उपाधि दिलाउनका लागि प्रभु पेको एप डाउनलोड गरेर भोट गर्न सकिने छ । उनको भोट कोड नम्बर ३ रहेको छ ।
प्रतिक्रिया