सरकारले घटायो बजेटको आकर १५ अर्ब, दिर्घरोगीहरुलाई मासिक भत्ता ५ हजार

४ बर्ष अगाडि

काठमाडौं - सरकारले चालु आर्थिक वर्षको लागि १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको बजेट प्रस्तुत गरेको छ ।

अघिल्लो सरकारले अध्यादेशमार्फत ल्याएको बजेटलाई परिमार्जन गर्दै सरकारले १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको बजेटको प्रतिस्थापन विधेयक ल्याएको हो ।

यसअघि सरकारले चालु बर्षको बजेट १६ खर्ब ४७ अर्ब रुपैयाँको ल्याएको थियो । सरकारले प्रतिस्थापन विद्ययक मार्फत बजेटको आकर १५ अर्बले घटाएको हो ।

सरकारले अघिल्लो सरकारले जारी गरेको बजेटमा केहि परिमार्जन सहित संसदमा प्रतिस्थापन बजेट पेश गरेको हो । 

प्रतिस्थापित बजेटमा सरकारले मृगौला प्रत्यारोपण गरेका, सबै किसिमका क्यान्सर रोगी र मेरुदण्ड पक्षघातका विरामीलाई औषधी उपचार खर्च वापत मासिक रू. ५ हजारका दरले उपलब्ध गराइने व्यवस्था गरेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया