काठमाडौं - बहराइनले नेपाली कामदारको माग गरेको छ । बहराइन सहरको सेक्यूर मि वेल कम्पनीले सेक्युरिटिका लागि ४३ पुरुष र ३ महिला गरी जम्मा ४६ जना नेपाली पुरुष महिला कामदारको माग गरेको हो ।
न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् ।
कामदारले तलब खान बस्ने सहित ३७ हजार माथि देख पाउनेछन् । इच्छुक कामदारले आइ एम एस म्यानपावर प्रा लिको कार्यालय सिनामंगल काठमाडौंमा भदौ २९ गते अन्तरवार्ता दिनु पर्ने छ ।
स्वदेशमा हुने जीवन बिमा, स्वदेशमा हुने मेडिकलको खर्च र भिसा स्ट्याम्पीङ शुल्क कामदारले बेहोर्नु पर्ने छ । त्यस्तै विदेशमा हुने बिमा शुल्क, विदेशमा गरिने मेडिकल खर्च, हवाइ टिकट र भिसा शुल्क रोजगारदाता कम्पनीले बेहोर्ने छ
प्रतिक्रिया