मोटरसाईकलमा लगाउँदै आएको कर बढ्यो

४ बर्ष अगाडि

सरकारले मोटरसाइकलमा लगाउँदै आएको कर वृद्धि आजदेखि बृद्धि भएको छ । शुक्रबार अर्थमन्त्री जनार्दन शर्माले पेश गरेको प्रतिस्थापन विधेयकमा मोटरसाइकलको अन्तशुल्क र सडक निर्माण कर बढेको हो ।  

विधेयकमा मोटरसाइकलको बर्गीकरण परिवर्तन गर्दै १२५ सीसीसम्मका मोटरसाइलमा ४० प्रतिशत, १२५ देखि २ सय सीसीसम्म ५० प्रतिशत र २ सयदेखि २५० सीसीका मोटरसाइकलमा ६० प्रतिशत अन्तशुल्क लगाइएको छ ।  त्यस्तै ५ सयदेखि ८ सय सीसीसम्मका मोटरसाइकलमा १०० प्रतिशत अन्तशुल्क लाग्ने व्यवस्था गरिएको छ। 

यसअघि भने यसअघि १२५ देखि १५५ सीसीको मोटरसाइकलमा ४० प्रतिशत र १५५ सीसीदेखि २५० सम्मका मोटरसाइलमा ४० प्रतिशत अन्तशुल्क लाग्ने गरेको थियो भने 
५ सयदेखि ८ सय सीसीसम्मका मोटरसाइकलमा ८० प्रतिशत अन्तशुल्क थियो। 

नयाँ नियमअनुसार मोटरसाइकलको सडक निर्माण दस्तुर समेत बढेको छ । पनिवर्तित नियम अनुसार १२५ सीसीसम्मका मोटरसाइकल तथा स्कुटरमा १५ हजार रुपैयाँ, १२५–२५० सीसीसम्मका मोटरसाइकलमा १८ हजार रुपैयाँ, २५०–४०० सीसीसम्मका मोटरसाइकलमा ५० हजार रुपैयाँ र ४०० सीसीमाथिका मोटरसाइकलमा १ लाख रुपैयाँ सडक निर्माण दस्तुर लाग्ने व्यवस्था गरिएको छ। 

यसअघि १ सय ५५ सीसीसम्मका मोटरसाइकमा १५ हजार रुपैयाँ, १५५–२५० सीसीसम्मका मोटरसाइकलमा १८ हजार रुपैयाँ, २५०–४०० सीसीससम्मका मोटरसाइकलमा ५० हजार रुपैयाँ र ४ सय सीसीभन्दा माथिका मोटरसाइकलमा  १ लाख रुपैयाँ सडक निर्माण दस्तुर लिने व्यवस्था थियो । 

४ बर्ष अगाडि

प्रतिक्रिया