सरकारले कृषि बीमा गर्दा ८० प्रतिशत अनुदान दिने : विष्णु पौडेलले २५ प्रतिशत घटाए, जनार्दन शर्माले ३० प्रतिशत बढाए

४ बर्ष अगाडि

सरकारले कृषकलाई  कृषि बाली तथा पशु बीमा गर्दा लाग्ने अनुदानेको ८० प्रतिशत अनुदान दिने भएको छ । 
अर्थमन्त्री जनार्दन शर्माले शुक्रबार संघीय संसदको प्रतिनिधि सभाको बैठकमा प्रतिस्थापन विधेयकमार्फत कृषि तथा पशुबीमाको अनुदान ८० प्रतिशत पु¥याएको घोषणा गरेका हुन् । 

यसअघि किसानले बीमाको ५० प्रतिशतमात्रै अनुदान पाउने गरेका थिए । अघिल्लो वर्ष किसानले कृषि, बाली तथा पशु बीमामा लाग्ने प्रिमियमलाई ७५  प्रतिशत अनुदान पाउँदै आएकोमा केपी शर्मा ओली सरकारका अर्थमन्त्री विष्णुप्रसाद पौडेलले २५ प्रतिशत घटाएर ५० प्रतिशतमा झारेका थिए । किसानले पाउने बाली तथा पशुबीमा शुल्क अनुदान कटौति गरेपछि ओली सरकारले किसान विरोधी नीति ल्याएको भन्दै आलोचना भएको थियो  ।

यो व्यवस्थापछि कृषकहरुले अब कृषि बाली तथा पशु बीमा गर्दा २० प्रतिशत मात्रै प्रिमियम तिरे पुग्ने भएको छ ।

हालका मन्त्री शर्माले ३० प्रतिशत अनुदान रकम वृद्धि गरेका हुन् । अघिल्लो वर्ष सरकारले ७५ प्रतिशत अनुदानको व्यवस्था गरेकोमा अर्थमन्त्री पौडेलले २५ प्रतिशत अनुदान कटौती गरेका थिए ।

अर्थमन्त्री शर्माले अध्यादेशमार्फत ल्याएको बजेटमा भएको व्यवस्थालाई प्रतिस्थापन गर्दै प्रस्तुत गरेको बजेटमा कृषि, बाली तथा पशु बीमामा दिईदैँ आएको अनुदानलाई ३० प्रतिशतको वृद्धि गरि ८० प्रतिशत कायम गरिएको उल्लेख छ ।

संसदमा बोल्दै शर्माले भने, “कृषि तथा पशुजन्य व्यवसायमा रहेको जोखिम न्यूनीकरण गरी उक्त क्षेत्रमा किसानहरुको आकर्षण वृद्धि गर्न कृषि तथा पशु विस्तार गर्नका लागि उक्त अनुदानको व्यवस्था गरेको छु ।”

नेपालमा बीमा समितिबाट वि।सं। २०६९ माघ १ गते देखि औपचारिक रुपमा बाली तथा पशुुपन्छी बीमा निर्देशिका, २०६९ जारी भई “बाली तथा पशुपंन्छी बीमा”को शुरुवात भएको हो । वि।सं २०७० साउन १ गतेदेखि नेपाल सरकारले बाली तथा पशुपन्क्षी बीमाको प्रिमियममा ५० प्रतिशत अनुदान उपलब्ध गराउने निर्णय गरेको थियो । सरकारले २०७१ साउन १ गते बीमा शुल्कको ७५ प्रतिशत रकम नेपाल सरकारले अनुदान दिँदै आएको थियो ।

४ बर्ष अगाडि

प्रतिक्रिया