सूर्ति चुराेटमा कर बढ्यो

४ बर्ष अगाडि

सरकारले सूर्तिजन्य पदार्थमा लगाउँदै आएको करको दायरा बढाएको छ । शुक्रबार संसदमा अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेको आर्थिक वर्ष २०७८÷७९ को बजेट अध्यादेशलाई प्रतिस्थापन गर्ने सम्बन्धी विधेयकमा सूर्तीजन्य पदार्थमाका कर बढाएको हो । 

जसमा स्वास्थ्य जोखिम कर अन्तर्गत  विदेशबाट पैठारी हुने र स्वदेशमा उत्पादित बिँडीमा प्रति खिल्ली तीस पैसा कर लगाउने उल्लेख छ । यसअघि बजेट अध्यादेशमा प्रतिखिल्ली २५ पैसा कर लगाउने उल्लेख थियो । 

त्यस्तै सरकारले चुरोट र सिगारमा प्रति खिल्ली साठी पैसा कर लगाएको छ । यसअघि चुरोट र सिगारमा प्रतिखिल्ली ५० पैसा मात्र कर लगाइँदै आएको थियो । 

तयारी खाने सुर्ती, खैनी, गुट्खा, पान मसलामा प्रति किलोग्राम साठी रुपैयाँका दरले कर लगाइएको छ । जवकी यसअघि ति बस्तुमा प्रतिकिलो ४० रुपैयाँ कर लगाइएको थियो । 

४ बर्ष अगाडि

प्रतिक्रिया