काठमाडौं, फिल्म इन्डस्ट्रीमा सय करोड क्लबमा आटन सफल हुन भएको फिल्म सफल भएको मान्न सकिन्छ । बलिउड र साउथ इन्डस्ट्रीका कमै मात्रा फिल्म सय करोड क्लबमा आटन सफल भएका छन् ।
साउथ इन्डस्ट्रीमा हेर्ने हो भने सय करोड क्लबमा अभिनेता रजनीकान्तको फिल्म धेरै छन् । अहिलेसम्म उनका ८ वटा फिल्मले सय करोडको आँकडा नाघेको छ । जसमा ‘२.०,रोबोट, कबाली, पेट्टा, दरबार, काला, लिंगा, शिवाजी’ छन् ।
उनीपछि साउथ स्टार थलापति विजयका पनि ‘मास्टर, बिगिल, मर्सेल, सरकार, थेरी, कैथी, थुपुक्की र भैरवा’ गरी ८ फिल्म सय करोड क्लबमा छ ।
यस्तै, अभिनेता अल्लू अर्जुनका ६ वटा फिल्म करोड क्लब छन् । ‘अला वैकुन्ठपुरमलो, ना पीरू सुर्या ना इलु इन्डिया, रेस गुरुम, सराइनाडु, डीजे र जुयाली’ अल्लूका सय करोड कमाउन सफल फिल्म हुन् । अभिनेता महेश बाबूका पनि ६ फिल्म ‘भरत अने नेनू, सारीलेरु नीकेवारू, महर्षि, श्रीमांथुडु, स्पाइडर र दोकाडु’ ले सय करोड कमाएको छ ।
तमिल स्टार अजित कुमारको खातामा पनि ६ वटा सय करोडवाला फिल्म छ । उनका ‘विस्वासम, विवेगम, वेधलम, नीरकोन्डा पारवी, वीरम, आरम्भ’ सय करोड कमाइ गरेका सफल फिल्म हुन् । अर्का तमिल स्टार सूर्याको अहिलेसम्म ‘सिंघम २, २४ र सिंघम ३’ गरी तीनवटा फिल्म सय करोड क्लबमा छन् । जुनियर एनटिआरको पनि तीन फिल्म ‘अरविंद समेधा वीरा राधव, जनता गराज र जय लव कुस’ ले सय करोड छापेको छ ।
त्यस्तै, प्रभासको ‘बाहुबली सिरिज र ‘साहो’ गरी तीन फिल्म सय करोड क्लबमा छन् । साउथ स्टार राम चरणको भने अहिलेसम्म २ फिल्मले मात्र सय करोड कमाई गरेको छ । उनका ‘रंगास्थलम र मगधीरा’ सय करोड कमाएका फिल्म हुन् । अभिनेता यशको ‘केजिएफ’ पहिलो सय करोड कमाउने फिल्म हो भने विजय देवरकोन्डाको ‘गीता गोविन्दम’ ले पनि सय करोड छापेको थियो ।
प्रतिक्रिया