नेपाल दुरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को ५५ प्रतिशत नगद लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो ।
टेलिकमले प्रतिकित्ता ५५ रुपैयाँँको दरले नगद लाभांश दिदैछ । कम्पनीको पुस ३० गते बस्ने साधारण सभामा नगद लाभांशको प्रस्ताव पारित हुँदैछ ।
सो लाभांश पाउनका लागि आजै सेयरधनी बनिसक्नुपर्नेछ । आज बिहिबार साताको सेयर कारोबारको अन्तिम दिन हो ।
टेलिकमले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ४ अर्ब ४९ करोड ६ लाख ४४ हजार ५२१ रुपैयाँ खुद नाफा कमाएको छ ।
यसको चुक्ता पुँजी १५ अर्ब रुपैयाँ छ । यसको प्रतिसेयर आम्दानी ११९ रुपैयाँ ७५ पैसा र प्रतिसेयर नेटवर्थ ६ सय ८६ रुपैयाँ ६० पैसा छ । हाल यसको सेयर मूल्य ७ सय ९२ रुपैयाँ प्रतिकित्ता रेहको छ
प्रतिक्रिया