धोनी र कपिल देवपछि अब सौरव गांगुलीको बायोपिक बन्दै, रणवीर लिड रोलमा हुने सम्भावना

४ बर्ष अगाडि

काठमाडौं, भारतका चर्चित क्रिकेटर महेन्द्र सिंह धोनी र कपिल देवपछि अब सौरव गांगुलीमाथि बायोपिक बन्ने भएको छ । बिहीवार फिल्मको घोषणा गरिएको हो । यो बायोपिकको निर्माण लभ रञ्जन र अंकुर गर्गले गर्नेछन् । 
 
सौरव गांगुलीलाई भारतमा ‘दादा’ नामले चिन्ने गरिन्छ । पूर्व राष्ट्रिय क्रिकेट टोलीको कप्तान समेत रहेका उनले क्रिकेट करिअरको समयमा आफूलाई विश्वको शीर्ष ब्याट्सम्यान र भारतीय राष्ट्रिय क्रिकेट टोलीको सबैभन्दा सफल कप्तानको रूपमा स्थापित गरेका थिए । एक क्रिकेटरको रुपमा ९० को दशकदेखि सक्रिय उनी वर्तमान समयमा भारतीय क्रिकेट कन्ट्रोल बोर्डको अध्यक्षमा छन् ।

एक अन्तर्वार्तामा गांगुलीले आफ्नो चरित्र निभाउनका लागि अभिनेता रणवीर कपूर पहिलो रोजाई रहेको बताएका थिए । यसकारण फिल्ममा रणवीरको प्रवेश हुनसक्ने सम्भावना प्रवल छ । 
 
आफ्नो बायोपिक बन्ने भएपछि सौरव गांगुलीले लेखेका छन्, ‘क्रिकेट मेरो जीवन हो, यसले मेरो शिर उठाएर अगाडि बढ्नका लागि आत्मविश्वास र क्षमता दियो । एक यस्तो यात्रा जसलाई याद गर्न सकियोस् । निकै रोमाञ्चित छुु कि लभ फिल्म्स मेरो यो यात्रामा एक बायोपिक बनाउँदैछ र यसलाई ठूलो पर्दामा जीवन्त गर्नेछ ।’ यो फिल्मको बजेट २५० करोडको आसपास हुने बताइएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया