काठमाडौं - काभ्रेपलाञ्चोक जिल्लामा मिश्रित लकडाउन जारी गरिएको छ । अघिल्लो हप्ता र चालु हप्तामा कोरोना सङ्क्रमणको दर सामान्य वृद्धि भएकोले भदौ २५ गते आज राति १२ बजे बाट लागू हुने गरि मिश्रित लकडाउन जारी गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले एक विज्ञप्ति जारी गर्दै कोरोना सङ्क्रमितको वृद्धि भए सँगै अस्पतालमा शैया क्षमताको बिरामी भर्ना दर समेत बढेको र जिल्ला अम्बर जोनमा परेको कारण मिश्रित लकडाउन जारी गरिएको जानकारी गराएको छ ।
जिल्लामा मिश्रित लकडाउन जारी सँगै आवत जावतमा स्वास्थ्य मापदण्ड र सामाजिक दूरी पूर्ण रुपमा पालना गर्नु पर्ने छ । सबै प्रकारमा भेला, जुलुस, सभा, सम्मेलन, सिनेमा हल, रेष्टुरेन्ट, क्लब, पार्टी प्यालेस, स्विमिङ पुल, मनोरञ्जन, शैलुन, ब्युटी पार्लर आदि सञ्चालन गर्न पाइने छैन ।
यस्तै हाट, मेला, जात्रा, महोत्सव, भोज, विवाह, व्रतबन्ध तथा सामूहिक रुपमा गरिने साँस्कृति कार्यहरु सञ्चान गर्न पाइने छैन । साथै उक्त लकडाउन पालना नगरेको पाइएमा प्रचलित कानुन बमोजीम करवाही गरिने पनि जानकारी गराइएको छ ।

प्रतिक्रिया