रु.२९६ बाट सुरु भएको मनकामना स्मार्ट लघुुवित्तको शेयरमुल्य रु. ५८८ पुग्यो, बजार पुँजीकरण कति ?

४ बर्ष अगाडि

काठमाडौं, मनकामना लघुवित्त वित्तिय सस्थाको शेयरमुल्य हिजो कारोबारको अन्तिम दिन(बिहीबा) सम्म आइपुग्दाँ रु.५८८.९० पुगेको छ ।

हिजो कम्पनीको शेयरमुल्य रु.२२.८ बढेर प्रतिकित्ताको मुल्य ५८८.९० पुगेको छ । कम्पनीको शेयर कारोबार बिहीबार रु.५७७.४० बाट भएको थियो ।

कम्पनीको शेयर  साउन १७ नेप्सेमा सूचीकृत भएको हो र साउन १८ गतेदेखि दोश्रो बजारमा कारोबारमा आएको थियो । 

नेप्सेले लघुवित्तको पहिलो कारोबारको लागि न्युनतम प्रतिकित्ता ११०.८४ रुपैयाँ र अधिकतम ३३२.५२ रुपैयाँ तोकेको थियो। कम्पनीको शेयर कारोबार रु.२९६.७० सुरु भएको हो ।

हालसम्म कम्पनीको बजार पुँजीकरण ७१ करोड ३४ लाख रहेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया