नेपाल प्रहरीमा जागिर खुल्यो, २ सय २१ जनाको माग

४ बर्ष अगाडि

काठमाडौं - नेपाल प्रहरीले प्राविधिक समूह अन्तर्गत विभिन्न उपसमूहमा दरखास्त आह्वान गरेको छ । प्रहरीले ७ वटा प्राविधिक समूह अन्तर्गत विभिन्न पदमा २ सय २१ जनाको लागि दरखास्त आह्वान गरिएको हो । 

सबैभन्दा धेरै अस्पतालतर्फ १६ पदमा ९७ जना माग गरिएको छ । त्यसपछि सूचना प्रविधि अन्तर्गत ३ पदमा ६४ जना, सञ्चार अन्तर्गत ३ पदमा ३५ जना, विधिविज्ञान प्रयोगशाला अन्तर्गत १७ जनाको माग गरिएको छ । 

यस्तै भौतिक पूर्वाधारतर्फ ६ तथा केनाइन र हातहतियार मर्मत अन्तर्गत १/१ जना माग गरिएको छ । दरखास्त दिने मिति २७ भदौदेखि ७ कार्तिक तोकिएको छ । 

माग गरिएका पदहरू प्रहरी सहायक निरीक्षक (असई) देखि प्रहरी नायब उपरीक्षक (डिएसपी) सम्म छन् । 

४ बर्ष अगाडि

प्रतिक्रिया