अमेरिकी कम्पनी फोर्डले भारतमा कार उत्पादन बन्द गर्ने, मोदीको प्रयासमा धक्का

४ बर्ष अगाडि

एजेन्सी - अमेरिकी कम्पनी फोर्डले भारतमा कार उत्पादन बन्द गर्ने भएको छ । एउटा विज्ञप्ति जारी गर्दै उक्त कम्पनीले भारतमा रहेका आफ्ना दुईवटै कार प्लान्ट बन्द गर्ने बताएको हो ।

सन् २०२२ को दोस्रो त्रैमासिकसम्म तमिलनाडु र गुजरात राज्यमा रहेका प्लान्टहरू बन्द गर्ने तर निर्यातका लागि कार इन्जिन उत्पादन भने कायमै राख्ने कम्पनीले जनाएको छ ।

सन् २०१७ मा जेनरल मोटर्सले भारतीय बजारका लागि कार उत्पादन बन्द गरेको थियो । विदेशी उत्पादकहरूलाई भारतीय बजारमा आकर्षित गर्ने वा कायमै राख्ने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रयासलाई यी घटनाहरूले धक्का दिएको छ ।

कम्पनीका अनुसार पछिल्लो दशकमा भारतमा उसको सञ्चालन घाटा बढेर दुई अर्ब अमेरिकी डलरभन्दा बढी पुगेको छ र नयाँ गाडीहरूको माग पनि घटेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया