काठमाडौं - भारतको बहुचर्चित कलिंग लिटररी फेस्टिबलले २०२०–२१ का लागि ‘केएलएफ बुक अवार्ड्स’को घोषणा गरेको छ । विभिन्न विधामा प्रकाशित उत्कृष्ट कृतिहरुका लागि प्रत्येक वर्ष केएलएफ बुक अवार्डस् घोषणा गर्ने गरिन्छ ।
वर्ष २०२०–२१ का लागि केएलएफ पोएट्री बुक अफ दी इयरको अवार्ड नेपालका चर्चित कवि बसन्त चौधरीको हिन्दी कविता संग्रह ‘अनेक पल औ मैं’ ले समेत पाउने भएको छ । वाणी प्रकाशनबाट प्रकाशित यो पुस्तक नेपाल, भारत र विश्वभरका हिन्दीभाषीमाझ निकै चर्चित छ ।
प्रत्येक वर्ष हिन्दी भाषामा प्रकाशित नन्फिक्सन, फिक्सन बुक, कविता संग्रह, हिन्दी बुक, बायोग्राफी अटोबायोग्राफी, भाषा, पर्यावरण, बच्चाहरुसँग सम्बन्धित कृति, बिजिनेश बुक्स, लाइफ स्टाइल, इमरजिङ ट्रेण्ड बुक्स, खेल तथा सामरिक लगायतका विषयमा लेखिएका पुस्तकहरुबाट उत्कृष्ट छानी अवार्ड घोषणा गर्ने गरिन्छ।
कलिंग लिटररी फेस्टिबल (केएलएफ) अन्तराष्ट्रिय स्तरमै चर्चित साहित्य महोत्सव समेत हो । स्वतन्त्र अवार्ड छनौट समितिबाट छनौट भएका पुस्तकका सर्जकलाई आगामी डिसेम्बर १० देखि १२ सम्म आयोजना हुने साहित्य उत्सवमा अवार्ड वितरण गर्ने कार्यक्रम रहेको छ ।
प्रतिक्रिया