मेस्सीको ह्याट्रिक

४ बर्ष अगाडि

एजेन्सी - विश्वकप छनोट खेलमा अर्जेन्टिनाले बोलिभियामाथि सानदार जित निकालेको छ । आज भएको खेलमा अर्जेन्टिनाले बोलिभियालाई ३–० गोल अन्तरले पराजित गरेको हो ।

अर्जेन्टिनालाई सानदार जित दिलाउको लागि कप्तान लियोनेल मेस्सीले ह्याट्रिक गरे । उनले खेलको १४ औं, ६४ औं र ८८ औं मिनेटमा गोल गरे ।

खेलको सुरुवातदेखि नै दबाबमा राखेको अर्जेन्टिनाले १४औं मेस्सीको गोलबाट अग्रता लिएको थियो । उनले लियान्द्रो ड्यानियल पारेडेसको पासमा गोल गरेका थिए ।

६४औं मिनेटमा मेस्सी नै गोल गर्दै अग्रता दोब्बर पारे । उनले मार्टिनेजसँगको वान टु वान पासमा गोल गरेका थिए । ८९औं मिनेटमा मेस्सीले ह्याट्रिक पुरा गर्दै अर्जेन्टिनालाई ३–० को सहज जित दिलाए । अर्जेन्टिनाबाट १५३ खेलमा उनको यो ७९औं गोल हो ।

४ बर्ष अगाडि

प्रतिक्रिया