काठमाडौं - वैदेशिक रोजगारीका क्रममा कुवेतमा रहेका दुई नेपालीको बालुवाको ढिस्कोले पुरिएर मृत्यु भएको छ ।
कुवेतस्थित नेपाली दूतावासका अनुसार बुधबार कुवेतको निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थल टर्मिनल–२ को भूमिगत पाइप मर्मत गर्ने क्रममा बालुवाको ढिस्को खस्दा त्यसमा पुरिएर दुई जना नेपाली कामदारको मृत्यु भएको हो ।
ढिस्काले पुरिएका अर्का एक नेपाली कामदार घाइते भएका छन् । झापा गोलधाप–१, यमबहादुर कटुवाल र चकचकी–६, झापाका सुकलाल राजवंशीको मृत्यु भएको छ । घटनामा घाइते भएका रोल्पाका सर्वजित महराको उपचार भइरहेको छ । घाइतेको अवस्था खतरामुक्त रहेको बताइएको छ ।
प्रतिक्रिया