आजदेखि सबै ७५३ स्थानीय तहले चेक नकाटीकनै विद्युतीय माध्यमबाट गर्न सक्ने प्रविधिको शुरुवात भएको छ ।
स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सूत्र) मार्फत विद्युतीय कोष हस्तान्तरण (ईएफटी) भुक्तानी तथा लेखाङ्ककन गर्न सक्ने प्रणालीको शुरुवात भएपछि स्थानीय तहले चेकबीना नै भुक्तानी गर्न सक्ने भएका हुन् ।
महालेखा नियन्त्रकको कार्यालयमा महालेखा नियन्त्रक सुमनराज अर्यालले बिहिबार उक्त प्रणालीको शुभारम्भ गरे ।
यो प्रणालीको शुरुवात भएपछि स्थानीय तहमा पारदर्शीता, सुशासन, वित्तिय अनुशासन र उत्तरदायीत्व कायम हुनुका साथै वास्तविक समय (रीयल टाईम बेसीस)मा छिटो छरितो कोष हस्तान्तरण गर्न सकिने महालेखा नियन्त्रक अर्यालले बताए ।
साथै चेक क्लियरिङ्ग लगायतका बढी समय लाग्ने अवस्थाको अन्त्य हुने, चेक कारोबारबाट भुक्तानीको लागि गर्नुपर्ने प्रकृयागत झण्झट हट्ने र कम जनशक्तिबाट काम हुने विश्वास लिइएको महालेखाले जनाएको छ ।
प्रतिक्रिया