रातारात स्टार बनेकी रानू मन्डलको जीवनीमा फिल्म बन्दै

४ बर्ष अगाडि

काठमाडौं, सन् २०१९ मा एक भिडियो भाइरल भएपछि रानू मन्डल रातारात स्टार बनिन् । वेस्ट बंगालमा विहान बेलुकाको छाक टार्न संघर्ष गरिरहेकी उनको सुमधुर आवाजले यस्तो फेम मिल्यो कि उनलाई बलिडका चर्चित गायक हिमेश रेशमियाले ‘तेरी मेरी’ गीत अफर गरे । यो गीत निकै चर्चामा रह्यो । तर, रानूको स्टारडम भने लामो समय चल्न सकेन । अहिले उनी लाइमलाइटबाट टाढा छिन् । 
 
अब रानू मन्डलको जीवनीमा फिल्म निर्माण हुने भएको छ । फिल्मलाई ऋषिकेश मन्डलले निर्देशन गर्दैछन् । रानूको बायोपिकमा दक्षिण भारतीय अभिनेत्री इशिका डे लिड रोलमा देखिने भएकी छन् । उनले यसअघि अभिनेता सैफ अली खान स्टारर वेव सिरिज ‘सेक्रेड गेम्स’ मा अभिनय गरेकी थिइन् । ट्रिब्यूनल इन्डियाको रिपोर्ट अनुसार, फिल्मको नाम ‘मिस रानू मारिया’ जुराइएको छ ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया