१८ खाद्य पसल अनुगमन गर्दा ६९ हजार बढिको सामान नष्ट, कुहिएको मासु जफत

४ बर्ष अगाडि

काठमाडौं - जिल्ला प्रशासन कार्यालय जुम्लाले विभिन्न मासु पसलबाट बिग्रिएको करिब एक क्विन्टल मासु जफत गरी नष्ट गरेको छ  । 

व्यापारीले कुहिएको अस्वस्थ मासु बिक्री–वितरण गर्ने गरेको  अनुगमनका क्रममा पाइएको थियो । सहायक प्रमुख जिल्ला अधिकारी नन्दराम चौलागाईँको नेतृत्वको टोलीले हालै बजार अनुगमन गर्दा अस्वस्थ मासु बिक्री–वितरण गर्ने गरेको भेटिएको हो ।

अनुगमन टोलीले भारतीवाडा, कार्कीवाडा, कालेखोली र विमालस्थल लाइनमा सञ्चालित फ्रेसहाउस, मासु पसल र दैनिक खाद्यवस्तुको अनुगमन गरेको थियो । यसक्रममा खुला र अव्यवस्थितरूपमा बिक्री गर्दै गरेको अवस्थामा चार व्यवसायीको पसलबाट माछा र मासु जफत गरिएको सहायक प्रजिअ चौलागाईँले जानकारी दिए । 

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रमुख अमृतसुमन भूषणका अनुसार बजारका छ मासु पसलसहित १८ खाद्य पसल अनुगमन गरी रु ६९ हजार ७४० बराबरको सामान नष्ट गरिएको थियो । 

व्यापारीले खुलारूपमै कुहिएको मासु बेच्दा र महिनौँदेखि नगरपालिकाले फोहर नउठाउँदा बजार दुर्गन्धित बनेको सहायक प्रजिअ चौलागाईँले बताए । 

४ बर्ष अगाडि

प्रतिक्रिया