ताप्लेजुङ - नेकपा एमाले परित्याग गरी एकिकृत समाजवादीमा प्रवेश गर्नेको जनप्रतिनिधिको संख्या ताप्लेजुङमा अत्यन्तै न्युन देखिएको छ ।
नेकपा एमालेको जम्मा एक सय ८६ जनप्रतिनिधिहरु मध्ये २० जनाले मात्रै मंगलवार जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङमा एमाले परित्याग गरी नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादी ९एस०को पक्षमा सनाखत गरेपछि ताप्लेजुङमा जनप्रतिनिधिहरु एस पार्टी प्रवेशमा न्युन देखिएको हो ।
नेकपा एमालेका निर्वाचित ५ पालिका प्रमुख सवै एमालेमै रहेका छन भने उपप्रमुख ५ मध्ये मेरिङ्देन गाउँपालिकाका उपाध्यक्ष कल्पना तुम्बाहाम्फे र आठराई त्रिबेणी गाउँपालिका उपाध्यक्ष मञ्जु भट्टराई पौडेलले नेकपा एकीकृत समाजवादी ९एस०को पक्षमा सनाखत गरेका छन् ।
एमालेबाट निर्वाचिन २७ वडा अध्यक्ष मध्ये मेरिङ्देन गाउँपलिका–६ नाल्बुका वडाध्यक्ष ठाकुरसिंह लिम्बू, सोही गाउँपालिका–३, खाम्लुङका वडाध्यक्ष गणेशप्रसाद भण्डारी, मैवाखोला गाउँपालिका–२ ढुङ्गेसाँघुका वडाध्यक्ष सुरेन्द्र लिम्बू, आठराई त्रिबेणी गाउँपालिका–४ चाँगेका डम्बरबहादुर लिम्बू र फुङलिङ नगरपालिका–२ का वडाध्यक्ष मोहन न्यौपाने नेकपा एकीकृत समाजवादीकोे पक्षमा सनाखत गरेका हुन ।
त्यस्तै एमालेबाट निर्वाचित १०६ वडा सदस्यहरु मध्ये ८ जना र ३७ पालिका सदस्य मध्ये ५ जना एस प्रवेश गरेका छन । जिल्लामा २० जना जनप्रतिनिधिले एस पार्टीको पक्षमा सनाखत गरे सगै ताप्लेजुङमा एस पार्टी तेस्रो ठूलो पार्टी बनेको छ ।
जिल्ला समन्वय समिति उप प्रमुख देविमाया नेपाली ९एस० पार्टीको पक्षमा सनाखत गरेसगै सो पार्टी तेस्रो बनेको हो । एमाले पालिकामा ५ प्रमुख ३ प्रमुख २५ वडा अध्यक्ष ९८ वडा सदस्य र ३२ कार्यपालिका सदस्य सहित पहिलो ठूलो नै छ ।
यस्तै नेपाली काग्रेस ४ प्रमुख २ उपप्रमुख,२६ वडा अध्यक्ष १४७ वडा सदस्य र १४ जना कार्यपालिका सदस्य सहित दोश्रो ठूलो दल कायमै रहेको छ । साथै माओवादी २ उपप्रमुख ५ वडा अध्यक्ष १३ सदस्य गरी कुल १९ जनप्रतिनिधि सहित ताप्लेजुङमा चौथो दल बनेको छ ।
पालिका मध्ये पनि मेरिङदेनका जनप्रतिनिधिहरु बढी एमाले परित्याग गरेको छन । एमालेको पालिकामा देखिएको आन्तरिक कारणले गर्दा पार्टी छोडेको एमालेको एक नेताले बताए ।
९ पालिका रहेको ताप्लेजुङका फक्ताङलुङ, सिदिङमा श्रीजंघा, पाथीभरा याङवरक र मिक्वाखोलाबाट कोही पनि एसको पक्ष सनाखत गरेनन । त्यस्तै जनप्रतिनिधिहरु प्रतिनिधिसभा सदस्य योगेश भट्टराई, प्रदेश सभा सदस्य बलबहादुर साम्सोहाङ र होमकुमारी साँवा जिल्ला समन्वय समितिको प्रमुख घनेन्द्र मादेन एमाले रहेका छन ।
एमालेको कुल जनप्रतिनिधिहरु मध्ये ११ प्रतिशतले मात्रै एस पार्टीको पक्षमा सनाखत गरेका छन ।
प्रतिक्रिया