सरकारी निकायबाट थरीथरीको गल्ती, यो कस्तो संयोग ?

७ बर्ष अगाडि

काठमाडौं– तीन सरकारी निकायले जारी गरेको सूचना तथा विज्ञप्तिमा  गल्ती देखा परेको छ । संयोग पनि कस्तो ती सबै गल्ती एकैदिन देखिएको हो ।  

बुधबार बिहान गोरखापत्र दैनिकले निकालेको बस्तुगत प्रश्नोत्तरमा गम्भीर त्रुटी देखियो भने परराष्ट्र मन्त्रालयले निकालेको विज्ञप्ति नि त्यस्तै ।

यस्तै अर्को सरकारी निकाय यातायात व्यवस्था कार्यालयले पनि उस्तै गल्ती दोहोर्याएको छ । 

गोरखापत्र दैनिकले निकालेको वस्तुगत प्रश्नोत्तरको २१ नम्बरमा गाइल्याण्डमा सम्पन्न शारीरिक सुगठन तथा फिजिक स्पोर्टस् च्याम्पियनसीपको नेपालका महेश्वर महर्जनले जितेको भनिएको छ  । यस्तै

 प्रतियोगितामा विक्रम बराल फस्ट रनरअप, सुमित पाठक सेकेण्ड रनरअप र अस्मिता अधिकारी थर्ड रनरअप भएको उल्लेख गरिएको छ । जवकी विक्रम, सुमित र अस्मिता नेपाल आइडलका प्रतियोगि हुन् । 

यस्तै इन्डोनेसियामा भएको ज्वालामुखी विस्फोटको विषयमा राष्ट्रपति विद्यादेवी भण्डारीले बधाई सन्देश पठाएको भन्दै परराष्ट्र मन्त्रालयले गम्भीर विज्ञप्ति निकाल्यो । भलै चौतर्फी आलोचना हुँदै गर्दा मन्त्रालयले गल्ती हुन पुगेका भन्दै माफी मागेको छ । 

यता यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमति पत्र बागमती कार्यालयले पनि त्यस्तै गलत सूचना निकालेको पाइएको छ । सर्भरको लिंकमा समस्या आएकाले सेवा अवरुद्ध हुन पुगेका हुनुपर्नेमा कार्यालयको सूचनामा लिङ्ग’ शब्द उल्लेख भएको छ । 


 

७ बर्ष अगाडि

प्रतिक्रिया