अफगानिस्तानका पूर्व राष्ट्रपति असरफ गनीले यस कारण छाडेका थिए देश

४ बर्ष अगाडि

एजेन्सी - अफगानिस्तानका पूर्व राष्ट्रपति असरफ गनीले एउटा विज्ञप्ति सार्वजनिक गर्दै तालिबान देशको राजधानी काबुल प्रवेश गर्दै गर्दा आफू देश छाडेर भाग्नुको कारणबारे व्याख्या गरेका छन् ।

दुई पटक राष्ट्रपति बनिसकेका गनीले अफगानिस्तानका जनतालाई छाडेर जाने आफ्नो नियत नभएको तर ६० लाख मानिस बसोबास गर्ने राजधानी काबुलमा हिंसा नहोस् भन्ने चाहेको विज्ञप्तिमा उल्लेख गरेका छन् ।

विज्ञप्तिमा गनीले माफी पनि मागेका छन् तर अफगान राज्यकोबाट लाखौँ अमेरिकी डलर लिएर आफूले देश छाडेको आरोपको भने उनले कडा रूपमा खण्डन गरेका छन् ।


 

४ बर्ष अगाडि

प्रतिक्रिया