काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा नेताहरुले दिगम्बर झालाई राजनीतिक नियुक्ति दिएर भ्रष्टाचार नियन्त्रणको कुरा गर्न नसुहाउने भन्दै प्रधानमन्त्री केपी ओलीको चर्को आलोचना गरिएको छ । प्रधानमन्त्री ओलीले सार्वजनिक कार्यक्रमहरुमा आफू पनि भ्रष्टाचार नगर्ने र अरुलाई पनि गर्न नदिने बताउँदै आएको भएपनि दिगम्बरहरुलाई किन नियुक्ति गरियो भन्दै चर्को प्रश्न उठाइएको छ । नेकपाको स्थायी समितिको बैठकमा नेताहरु पटक पटक झाको विषयमा प्रश्न उठाएका छन् । विवादित छवीका झालाई नियुक्त गरेर के भ्रष्टाचार नियन्त्रणको कुरा गर्नु भन्ने टिप्पणी गरिएको छ । दिगम्बर झाहरुलाई नियुक्त गरेर भ्रष्टाचार नियन्त्रण गर्ने संकल्प गर्न नसुहाउने भन्दै नेताहरुले भ्रष्टाचारी झाहरुलाई ‘झाहरु’लाई बर्खास्त गर्न माग गरेका छन् ।
घनश्याम भुसाल, योगेश भट्टराई,भीम रावल लगायतले झाको योग्यता के हो भन्दै प्रश्न गरेका थिए । झालाई नियुक्त गरेर आउने अनि भ्रष्टाचार नियन्त्रण, सुशासनको कुरा गर्ने भन्दै उनले नेतृत्वको कुरै नसुन्ने उनीहरुको भनाइ थियो । दूरसञ्चार प्राधिकरणका महाप्रवन्धक रहेका झालाई सुरुमा बर्खास्त गरेको थियो । तर, नाटकीय रुपमा फेरि उनलाई त्यही पदमै फर्काइएको छथियो ।
प्रतिक्रिया