संखुवासभा - संखुवासभाको मादी नगरपालिका–१ स्थित उम्लिङमा ६ जनाको सामूहिक हत्या लुट्ने उद्देश्यबाट नभएको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको छ ।
लुटेरा समूहले हत्या गरेको आशंकामा प्रहरीले अनुसन्धान शुरु गरेको थियो । तर, लुट्ने उद्देश्यबाट हत्या नभएको थाहा भएको हो ।
मादी–१ उम्लिङका ५२ वर्षीय तेजबहादुर कार्कीको घरमा सुन र नगद भेटिएपछि लुट्ने उद्देश्यले हत्या नभएको प्रहरीले निष्कर्ष निकालेको छ । घरमा ४ लाख ७१ हजार नगद तथा सुनका गहना ‘मारवाडी, नौगेडी’ फेला परेको अनुसन्धानमा संलग्न प्रहरी उपरिक्षक ९एसपी० भीम दाहालले बताए
साथै सम्पति तलमाथि नभएको पनि जानकारी गराएका छन् । मादी नगरपालिका–१ घर भएका तेजबहादुर कार्की, आमा पार्वती कार्की, श्रीमती कमला, बुहारी ३२ वर्षीया रन्जना कार्की, ८ वर्षका विपिन कार्की र पाँच वर्षीया गोमा कार्कीको शव सोमबार बिहान फेला परेको थियो ।
शव फरक–फरक चार स्थानमा फेला परेको थियो । हत्या अनुसन्धानका लागी केन्द्रिय अनुसन्धान ब्यूरोका डिएसपी रुगम कुँवरको टोली पनि घटनास्थलमा पुगेको छ ।
जटिल घटना भएको हुनाले अनुसन्धानमा मेहनत गर्नुपर्ने अवस्था रहेको संखुवासभाका डिएसपी लालध्वज सुवेदीले बताए । डिएसपी सुवेदीले भने–‘लुटपाटको सम्भावना छैन्, हतार गर्दा नकारात्मक रिजल्ट आउने हुनाले सचेततापूर्वक अनुसन्धान गरिरहेका छौं ।’
प्रतिक्रिया