सानिमा लाइफको शेयरमुल्य ४९७ पुग्यो, ५ लाख बढी कित्ता खरिदमाग हुदाँ बिक्रीमाग शून्य

४ बर्ष अगाडि

काठमाडौं, बुधवार बजार खुलेको पौने एक घण्टामा सानिमा लाइफ इन्स्योरेन्सको शेयरमूल्यमा  सर्किट लागेको छ । 

कम्पनीको शेयरमूल्य १० प्रतिशतले वृद्धि भएको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू.४९७.४० पुगेको छ । कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो । 

मार्केट डेप्थमा कम्पनीको शेयरमा सर्वाधिक ५ लाख २० हजार ३९९ कित्ता शेयर खरीद माग रहेको छ भने विक्री माग शून्य रहेको छ । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया