काठमाडौै, एक्सेल डेभलपमेन्ट बैंकले हकप्रद निष्काशनको लागि बुकक्लोज मिति तय गरेको छ।
बैंकको भदौ २२ गते बसेको सञ्चालक समितिको बैठकले चौधौ वार्षिक साधारण सभाबाट पारित भए बमोजिम चुक्ता पूँजीको ३० प्रतिशत हकप्रद शेयर जारी गर्न असोज १ गते एक दिनको लागि बुकक्लोज गर्ने निर्णय गरेको हो।
बैंकको गत असार १४ गते सम्पन्न चौधौ साधारणसभाले शेयरधनीहरुलाई १०ः३ को अनुपातमा हकप्रद शेयर जारी गर्ने निर्णय गरेको थियो। सोहि प्रयोजनको लागि सञ्चालक समितिको बैठकले बुकक्लोज मिति तय गरेको हो।
प्रतिक्रिया