काठमाडौं - अभिनेत्री ऋचा शर्मा आमा बनेकी छन् । गए राति पहिलो सन्तानको रूपमा उनले छोरालाई जन्म दिएकी हुन् । कमेडी च्याम्पियनले ऋचा शर्मा आमा बनेको जानकारी दिएको छ ।
कमेडी च्याम्पियनले फेसबुक पेजमा लेखेको छ, ‘हाम्री प्यारी ऋचु दी अब नयाँ सदस्यको आगमनसँगै ऋचु ममी हुनुभएकोमा हामी सम्पूर्ण कमेडी च्याम्पियन परिवारको तर्फबाट हार्दिक बधाई । आमा अनि छोरा दुवैको सुस्वास्थ्यको कामना !'
साथै आमा र बच्चा दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको पनि जानकारी दिएको छ ।
प्रतिक्रिया