काठमाडौं, साताको चौथो कारोबारको दिन (बुधबार) नेपाल स्टक एक्सेन्च (नेप्से) परिसुचक कारोबारको पहिलो घण्टामा भारी अंकले ओरालो लागेको छ ।
कारोबार सुरु भएको एक घण्टा बित्दाँ परिसुचक ४७.५२ अंकले ओरालो लाग्दै परिसुचक २८८९.०८ को बिन्दुमा पुगेको छ ।
सो अवधीसम्म कारोबारमा आएका २०८ कम्पनीको ३६ लाख ७७ हजार ५२२ कित्ता शेयर १७ हजार २५१ पटकको कारोबारमा १ अर्ब ५३ करोड ८३ लाख बराबरको शेयर कारोबार भएको छ ।
कारोबारमा आएका २०८ कम्पनीमध्ये २२ कम्पनीको शेयरमुल्य घटेको छ भने १५५ कम्पनीको शेयरमुल्य बढेको छ । यस्तै, ८ कम्पनीको शेयरमुल्य स्थिर रहेको छ ।
प्रतिक्रिया