काठमाडौं - कुवेतले आगामी अक्टोबरदेखि सबै प्रकारका भिसा खुला गर्ने तयारी गरेको छ । लामो समयपछि भिजिट भिसा खुला गर्ने तयारी गरेको कुवेतले सबै प्रकारका भिसा खुला गर्न लागेको हो ।
कुवेतको आन्तरिक मन्त्रालयका अनुसार कुवेतले पारिवारिक, व्यापारिक र यात्रा प्रयोजनका लागि भिजिट भिसा जारी गर्दै आएको छ । अरबी दैनिक पत्रिका अल राईका अनुसार विभिन्न देशसँग सिधा हवाई उडान शुरु गरेको कुवेतले आगामी अक्टोबर शुरुदेखि भिजिट भिसा खुला गर्ने बताइसकेको छ ।
कुवेतले आफ्नो मुलुकमा कोराना भाइरस संक्रमण दर घटेको र खोप पनि पर्याप्त भएको भन्दै भिजिट भिसा खुला गर्न लागेको उक्त पत्रिकाले उल्लेख गरेको छ । कुवेतमा निर्माण सल्लाहकार, ईन्जिनियर, प्राविधिक, र शिक्षकहरुको माग अत्यधिक बढेको बताइएको छ ।
प्रतिक्रिया