१२ वर्षपछि म्यानचेष्टर युनाइटेड फर्किएका रोनाल्डो प्रशिक्षणमा सहभागी, जर्सी बिक्रीले राख्यो नयाँ कीर्तिमान

४ बर्ष अगाडि

एजेन्सी - पोर्चुगिच चर्चित फुटबलर क्रिष्टियानो रोनाल्डो इङ्गलिश प्रिमियर लिग क्लब म्यानचेष्टर युनाइटेड फर्केका छन् । १२ वर्ष अन्य दुई क्लबमा सहभागी भएर पुनः युनाइटेडमा फर्केका हुन् । 

युनाइटेडमा अनुबन्धन भएपछि ३६ वर्षे रोनाल्डो पहिलो पटक प्रशिक्षणमा उत्रिएका छन् । विश्वकप छनोटको खेलमा आयरल्याण्डविरुद्ध दुई गोल गर्दै विश्वकै सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान बनाएका रोनाल्डोले खुशी मनाउने क्रममा पहेँलो कार्ड खाएपछि दुई पहेँलो कार्डसहित रातो कार्ड खाएपछि छनोटको खेल गुमाउन पुगे ।

सोही अवसरलाई सदूपयोग गर्दै रोनाल्डो युनाइटेडको प्रशिक्षणमा सहभागी भएका हुन् । रोनाल्डो गत शुक्रबार इङ्गल्याण्ड पुगेर क्वारेन्टिनमा बसेपछि मंगलबार अभ्यासमा सहभागी भएका हुन् ।

उनी युनाइटेड आबद्ध भएपछि इंग्लिस प्रिमियर लिगमा जर्सी बिक्रीले नयाँ कीर्तिमान बनाएको छ । मिडिया रिपोर्टका अनुसार रोनाल्डोको आइकोनिक जर्सी नम्बर ७ को बिक्री म्यानचेस्टर युनाइटेडले रोनाल्डोसँग सम्झौता गरेको घोषणा गरेको १२ घण्टामा कीर्तिमानी बिक्रि भएको छ ।

जर्सीको उत्पादक एडिडासले मागबमोजिम जर्सी पुर्‍याउन नसकेको मिडिया रिपोर्टमा उल्लेख छ । रोनाल्डोले उनको ७ नम्बर जर्सी लगाउने घोषणा गरेको १२ घण्टामा ३२।५ मिलियन पाउन्डको जर्सी बिक्री भएको लभडसेल्स डटकमले उल्लेख गरेको छ । 

लभडसेल्स डटकमले बेलायतका करिब एक हजार अनलाइन जर्सी बेच्ने रिटेलरको डाटाअनुसार रिपोर्ट प्रकाशित गरेको छ । यस अवधिमा क्लबले २ लाख ९५ हजार जर्सी बेचेको थियो भने यस अवधिमा कुल ४ लाख ६ हजार २५० जर्सी बिक्री भएको बताएको छ ।

यो प्रिमियर लिगमा कुनै बिक्री भएको जर्सीको नयाँ कीर्तिमान भएको बेलायती मिडियाले उल्लेख गरेका छन् । तर, जर्सीको व्यापक बिक्री भए पनि यो रकम भने म्यानचेस्टर युनाइटेडले केवल १० प्रतिशतको हाराहारीमा पाउने विश्लेषकहरूले बताएका छन् । म्यानचेस्टर युनाइटेडले २०१४ मा १० वर्षका लागि ७ सय ५० मिलियन पाउन्डमा एडिडाससँग आफ्नो किट बिक्री सम्झौता गरेको छ ।

त्यस्तै, ८० देखि १ सय १० पर्ने जर्सीबाट युनाइटेडले करिब ५ पाउन्ड मात्र पाउने बताइएको छ । यद्यपि, युनाइटेडलाई विश्वभर उक्त ब्रान्डको मूल्य र लोकप्रियतामा भने व्यापक फाइदा भएको छ । यसबाट युनाइटेडले स्पोन्सर गर्ने ब्रान्डहरूबाट बढी रकम असुल्न सक्ने देखिएको छ ।


 

४ बर्ष अगाडि

प्रतिक्रिया