एकीकृत समाजवादीको संसदीय दलको बैठक बस्दै, ताप्लेजुङमा २१ जनप्रतिनिधिद्वारा एसमा सनाखत

४ बर्ष अगाडि

काठमाडौं - नेकपा (एकीकृत समाजवादी) को संसदीय दलको बैठक बस्दै छ । नयाँ बानेश्वरस्थित संसद् भवनको शङ्कर हलमा बुधबार २ बजे बैठक बस्न लागेको हो । 

बुधबार ४ बजे सुरु हुने प्रतिनिधि र राष्ट्रिय सभा गरी दुवै संसद्को बैठकमा रणनीति बनाउन बैठक बस्न लागेको नेता जीवनराम श्रेष्ठले जानकारी दिए ।

एमाले विभाजनपछि बनेको एकीकृत समाजवादी पहिलोपटक संसद्को बैठकमा  सहभागी हुँदै छ । योबीचमा एकीकृत समाजवादी संसदीय दलको नेतामा माधवकुमार नेपाल चयन भएका छन् ।  

एमाले विभाजन भएर बनेको एकीकृत समाजवादी संसदको चौथो ठूला दलका रुपमा उदाएको छ । उक्त पार्टीसँग प्रतिनिधिसभामा २३ र राष्ट्रिय सभामा ८ जना सांसद छन् ।

यता ताप्लेजुङ जिल्ला समन्वय समितिका उपप्रमुख देवीमाया नेपालीसहित जिल्लामा २१ जनप्रतिनिधिले नेकपा ९एकीकृत समाजवादी० पार्टीका पक्षमा सनाखत गराएका छन् । उनीहरु नागरिकता, मतदाता परिचयपत्र, निर्वाचित भएको प्रमाणपत्रसहित निर्वाचन कार्यालयले स्वयं उपस्थित भएर सनाखत गरेका हुन् । 

निर्वाचन आयोगले गत प्रदेश सभा निर्वाचन र स्थानीय तहको निर्वाचनमा नेकपा एमाले र जनता समाजवादी पार्टीबाट निर्वाचित बनेका जनप्रतिनिधिलाई विभाजनपछि बनेको दल रोज्न समय दिएको थियो ।

४ बर्ष अगाडि

प्रतिक्रिया