कुवेतमा गैरकानूनीरुपमा मदिरा व्यापार गर्ने चार नेपाली कामदार पक्राउ

४ बर्ष अगाडि

काठमाडौं - कुवेतमा गैरकानूनीरुपमा मदिरा व्यापार गरेको आरोपमा चार नेपाली कामदार पक्राउ परेका छन् । 

कुवेतको हवेलीस्थित अपार्टमेन्टमा गोप्यरुपमा घरेलु मदिरा उत्पादन गरी बिक्री गर्ने तयारी गरिरहेका बेला उनीहरुलाई पक्राउ गरेको अरब टाइम्स अनलाइनले उल्लेख गरेको छ । 

प्रहरीले शंका लागि घेरा हालेर पक्राउ गरेको बताइएको छ । पक्राउ गरेपछि प्रहरीले अभियुक्तहरुको राष्ट्रियताको खोजवीन गर्दा उनीहरु नेपाली रहेको खुलेको हो । 

केही समयअघि पनि कुवेतको साल्मी बन्दरगाह नजिकै एउटा अपार्टमेन्टमा अवैधरुपमा गोप्य तरिकाले घरेलु मदिरा उत्पादन गरिरहेको अवस्थामा कुवेत प्रहरीले केही नेपालीलाई नियन्त्रणका लिएर ठूलो परिमाणमा मदिरा बरामद गरेको सामाचार सार्वजनिक भएको थियो । 

कुवेतमा एक लाख पचास हजार बढी अवैध आप्रवासी देखिएका छन् । त्यसमा नेपालीहरुको संख्या पनि ठूलै रहेको बताइएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया