काठमाडौं । भन्सार विभागले नायव सुब्वाबाट बढुवा भएका २४ जना अधिकृत कर्मचारीहरूको पदस्थापन गरेको छ । २०७८ भदौ १८ गते शुक्रबार सामान्य प्रशासन तथा जनशक्ति विकास शाखाले ईश्वरीप्रसाद न्यौपानेलाई त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा एयरपोर्टमा पदस्थापन गरेको छ ।
यसैगरी बुद्धिकुमार चुडाँललाई वीरगञ्ज भन्सार कार्यालय, वीरगंजमा पदस्थापन गरेको छ भने रमेशबहादुर शाहको विराटनगर भन्सार कार्यालयमा पदास्थापन भएको छ । रामचन्द्र प्रसाद ढुंगानाको भन्सार विभाग त्रिपुरेश्वमा नै पदास्थापन भएको बताइएको छ ।
यसैगरी सुशीला लम्साल न्यापानेलाई त्रिभुवन विमानास्थल भन्सार कार्यालय र शिवराज बोहोरालाई भैरहवा भन्सार कार्यालयमा पदस्थापन गरिएको विभागले स्रोतले जनाएको छ । दीपेन्द्र शर्मा पौडेललाई भन्सार विभाग र पदमराज पन्तको कैलाली भन्सार कार्यालयमा पदस्थान भएको बताइएको छ ।
त्यसैगरी, शाखा अधिकृत पर्सबहादुर राईको विभागको भन्सार जाँचपास परीक्षण कार्यालय र प्रेमप्रसाद सुवेदीको विराटनगर भन्सार कार्यालयमा पदस्थापन भएको छ । सरिता ताम्राकारको भन्सार विभाग त्रिपुरेश्वर, रमेश कुँवर भन्सार परीक्षक, भन्सार जाँचपास परीक्षण कार्यालय त्रिपुरेश्वरमा पदस्थापना भएको छ ।
तेजबहादुर रावललाई वीरगंज भन्सार कार्यालय वीरगंज पठाएर पुष्पा जोशीलाई त्रिभुवन बिमानस्थल कार्यालय एयरपोर्टमा खटाइएको छ । बाबुराम बलमपाकीको भन्सार अधिकृत पदमा कञ्चनपुर भन्सार कार्यालयमा पदास्थापन भएको छ भने मुना मरासिनीलाई त्रिभुवन बिमानस्थल एयरपोर्ट पठाइएको छ ।
दिव्यरञ्जन दाहालको जलेश्वर, खिमप्रसाद अर्यालको सुख्खाबन्दरगाह भन्सार कार्यालय र मनोज बस्नेतको कृष्णनगर भन्सार कार्यालय कपिलवस्तु पोस्टिङ भएको छ ।
माधव पौडेल, हंसहादुर रावल र मधु खनालको बीरगंज भन्सार कार्यालय बीरगंज, महेश्वर पौडेलको नेपालगञ्ज भन्सार कार्यालय बाँके र खगेन्द्र शाहको भन्सार बिभाग त्रिपुरेश्वमा पदस्थापन भएको बिभागका सूचना अधिकारी पुण्यबिक्रम खडकाले जानकारी दिएका छन ।
प्रतिक्रिया