सवारी साधनको नम्बर प्लेटमा अँग्रेजी भाषा प्रयोग नगर्नू

४ बर्ष अगाडि

भाषा आयोगले  सवारी साधनको नम्बर प्लेटमा अंग्रेजी भाषाको प्रयोग नगर्न सिफारिश गरेको छ। 

आयोगको पाँचौं वार्षिक प्रतिवेदनमा अंग्रेजी भाषा संविधानको धारा ७ (१) सँग मेल नखाने हुँदा यसको प्रयोगमा पुनर्विचार गर्न सिफारिश गरिएको हो। 

आयोगले सवारी साधनको नम्बर प्लेटमा अंग्रेजी अनिवार्य लागू गर्नु, सरकारी कामकाजमा अंग्रेजीलाई समकक्षी प्रदान गर्नु र अंग्रेजी माध्यमको शिक्षालाई प्रारम्भिक तहदेखि विस्तार गर्ने विषयमा तीन तहकै सरकारले पुनर्विचार गर्नुपर्ने सुझाव दिएको छ। 

यातायात व्यवस्था विभागले अंग्रेजी भाषामा सवारी साधनको नम्बर प्लेट जडान गरेको थियो। ठेकेदार कम्पनीसँग सम्झौता अवधि पूरा भएकाले अहिले इम्बोस्ड जडान रोकिएको छ। 

विभागले पुनः सोही कम्पनीसँग सम्झौता गरेर अंग्रेजी भाषामै करीब ४० लाख सवारी साधनमा इम्बोस्ड जडान गर्ने तयारी गरेको छ।  

४ बर्ष अगाडि

प्रतिक्रिया