आर्थिक सुशासनका लागि सरकारमाथी नै निगरानी गर्ने जनलोकपाल आयोग गठन

४ बर्ष अगाडि

आर्थिक सुशासन कायम गर्नका लागि सरकारमाथी नै निगरानी गर्ने गरी प्रदेश २ मा जनलोकपाल आयोग गठन भएको छ । प्रदेश २ सरकारले जनलोकपाल आयोग गठन गरेको हो । 

आयोगको अध्यक्षमा रामसहाय यादवलाई नियुक्त गरेको छ । यस्तै शोभा महतो र राजकिशोर साह आयोगको सदस्य नियुक्त भएका छन् ।

प्रदेश प्रमुख हरिशंकर मिश्रले मंगलबार उनीहरुलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराएका छन् ।

प्रदेशमा आर्थिक सुशासन कायम गर्ने उद्देश्यले प्रदेश जनलोकपाल आयोग गठन गरिएको प्रदेश सरकारले जनाएको छ । 

आयोगको कार्यालय जनकपुरधामको मुजेलियास्थित ग्रामीण प्रशिक्षण केन्द्रभित्र राखिएको छ । नवनियुक्त पदाधिकारीले मंगलबारै कार्यालय पुगेर पदभार ग्रहण गरेका छन् ।

पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले भ्रष्टाचार नियन्त्रण र आर्थिक सुशासनका लागि जनलोकपाल आयोग गठन गर्नुपर्ने विषयमा लामो समयदेखि आफ्नो धारणा राख्दै आएका छन् । 

४ बर्ष अगाडि

प्रतिक्रिया