नेपालद्वारा पपुवा न्यु गिनी २ विकेटले पराजित

४ बर्ष अगाडि

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले पपुवा न्यु गिनी (पीएनजी) लाई २ विकेटले पराजित गरेको छ । पीएनजीले दिएको १३५ रनको लक्ष्य नेपालले ६३ बल अगावै पूरा गरेको हो ।

ब्याट्सम्यान रोहित पौडेल र सोमपाल कामीको उत्कृष्ट साझेदारीले नेपालले जित निकालेको हो । ओपनरद्वय कुशव भुर्तेल र आसिफ शेखको साझेदारी राम्रो भएपनि त्यसपछि आएका अन्य ब्याट्समेनले राम्रो प्रदर्शन गर्न सकेनन् । ८२र७ को अवस्थामा पुगेको बेला सोमपाल रोहितलाई साथ दिन मैदान प्रवेश गरेका थिए । रोहितले ६५ बलमा ४१ रन जोड्दै आउट भएका थिए भने सोमपाल अविजित ३२ बलमा २२ रन बनाए ।

कुशल भुर्तेल र आसिफ शेख क्रमशस् १५ र ३० रन बनाएर आउट भएका थिए । त्यस्तै कप्तान ज्ञानेन्द्र मल्ल ६ रनमै आउट भएका थिए । आरिफ शेख ९ र शरद भेषावकर ६ रनमा आउट भए । त्यस्तै कुशल मल्ल १ रनमै आउट भए । पवन सर्राफ भने शून्यमै आउट भए ।

पीएनजीका लागि डेमन राबू, चार्ल्स अमिनी र चाड सोपर र गौडी टोकाले २र२ विकेट लिए । त्यस्तै,नोसैना पोकनाले १ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पपुवा न्यु गिनीले ३३ ओभरमा सबै विकेट गुमाउँदा १३४ रन बनाएको थियो ।

नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक ४ विकेट लिएका थिए ।

४ बर्ष अगाडि

प्रतिक्रिया