काठमाडौं, बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी शिवराम गजुरेल पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका १६ माछापोखरी बस्ने नुवाकोट बेलकोटगढी नगरपालिका(१२ सिमपानी घर भएका ५६ वर्षीय गजुरेललाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।
उच्च अदालत पाटनको २०७८ असार २८ गतेको फैसलाले ७ दिन कैद तथा १३ लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका गजुरेललाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं बालाजु शेषमती पुलबाट पक्राउ गरेको हो ।
आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी(जानी पीडितलाई झुक्यानमा पारी हाम्रो विकास बैंकको चेक काटी दिई बैंकिङ् कसूरजन्य अपराध गरेको ठहर गरी अदालतले उक्त फैसला गरेको थियो ।
प्रतिक्रिया