२९ बिधामा अवार्ड प्रदान गर्दै आठौं छायाँछवि तीज म्युजिक अवार्ड सम्पन्न (तस्विर सहित)

४ बर्ष अगाडि

काठमाडौं, आठौं छायाँछवी तीज म्युजिक अवार्ड सम्पन्न भएको छ । राजधानीमा आयोजित बिशेष समारोहका बिच २९ बिधामा उत्कृष्ट श्रष्टा स्रजकलाई अवार्ड प्रदान गरिएको छ ।

नेपाली चलचित्रकी प्रथम नेपाली नायिका भुवन चन्दको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा कार्यक्रममा बरिष्ठ गायिका देविका बन्दना, कलाकार तथा निर्देशक दिपाश्री निरौला, कलाकार तथा निर्देशक मोहन निरौला, निर्माता प्रदिप उदय, चलचित्र पत्रकार संघका पूर्वउपाध्यक्ष बिष्णु प्रसाद सुबेदी, कलाकार रोशनी केसी, नायिका अनामिका चौलागाईलगायतका कलाकर्मीको उपस्थिति रहेको थियो ।

विगत आठ वर्ष देखि निरन्तर रुपमा आयोजना हुँदै आएको छायाँछवी तीज म्युजिक अवार्ड नेपालको पहिलो तीज म्युजिक अवार्ड हो । कार्यक्रममा आयोजक संस्था छायाँछवीका अध्यक्ष शान्तिप्रियले मौलिक तीज गीतलाई प्रोत्साहन गर्दै नेपाली कलासंस्कृतिको विकासमा अवार्डका माध्यमबाट टेवा पु¥याउने उद्देश्यले अवार्ड आयोजना गर्दै आएको जनाएका छन् । उनले कोरोनाको कहरका बिच स्वास्थ्य मापदण्ड पुरा गरि अवार्ड आयोजना गरिएको जनाएका छन् । 

यस्तै प्रमुख अतिथी भुवन चन्दले यस्ता खालका कार्यक्रमले मौलिक गीतसंगीतको विकासका लागि अहम् भुमिका खेल्ने जनाएका छिन । गायिका देविका बन्दनाले पछिल्लो वर्ष मौलिक शैलीका तीज गीत बढी आएको भन्दै त्यसो हुनुमा तीज म्युजिक अवार्ड जस्ता कार्यक्रमको प्रभाव रहेको जनाइन । कार्यक्रममा दिप्सा थापाले फुल्यै फुल्यो तिउरी बोलको गीतमा नृत्य प्रस्तुत गरेकी थिइन भने कार्यक्रम सुमन बैरागीले संचालन गरेका थिए ।

यस्तो छ २९ विधामा बिजेताको नामावली

उत्कृष्ट तीज गीत मिक्सीङ
मनोज परियार ः पातली –३

उत्कृष्ट तीज गीत एरेञ्जर
राकेश सोनी ः घिन घिन मादल

उत्कृष्ट तीज मौलिक गीत नव गायिका
सकुना श्रेष्ठ ः माइतीको आगन

उत्कृष्ट तीज गीत नव गायिका
शिलाश्मा हमाल ः झिलिमाई

इन्करेजमेन्ट अवार्ड
सारदा धिताल ः सिङ्गापुरे साडी

उत्कृष्ट तीज गीत मोडल पुरुष
दिपेन्द्र तिमिल्सीना ः पारी बन हरियो

उत्कृष्ट तीज गीत मोडल महिला
टीका जैशी ः डालीमा पुतली भुरुभुरु

उत्कृष्ट तीज गीत भिडियो छायांकार
मुकेश हुमागाई ः आँखा गयो नयाँ चिजैमा

उत्कृष्ट तीज मौलिक गीत भिडियो सम्पादक
बिनोद वन ः आँखा गयो नयाँ चिजैमा

उत्कृष्ट तीज दोहोरी गीत भिडियो सम्पादक
राजकुमार मगर ः हङ्कङ्को साडी  –२

उत्कृष्ट तीज गीत नृत्य निर्देशक
केशवराज भट्ट ः झिलिमाई

उत्कृष्ट तीज गीत भिडियो निर्देशक
सुरेन्द्र वसेल ः यस पालीको तीमा

उत्कृष्ट तीज दोहोरी गीत भिडियो निर्देशक
सुमन सागर जंग केसी ः जम्का भेट

उत्कृष्ट तीज गीत भिडियो निर्देशक (मोफसल)
होम गुरुङ ः मुग्लिन

उत्कृष्ट तीज गीत शब्द
ज्योति गुरुङ ः परदेशको छोरी

उत्कृष्ट सन्देशमुलक गीत गायिका
शुष्मा शाही ठकुरी ः सानी

उत्कृष्ट तीज मौलिक गीत लय
एच वि सुनार ः माईतीको आगन

उत्कृष्ट तीज दोहोरी गीत लय
रमेश परियार ः माईती देशैको

उत्कृष्ट दोहोरी तीज गीत गायिका
चिजा तामाङ ः तारा जुन

उत्कृष्ट दोहोरी तीज गीत गायक
भुवन प्यासी ः मखमली

उत्कृष्ट दोहोरी तीज गीत गायक (पब्लिक च्वाइस)
सम्राट चौलागाई ः सम्झिने पानी छम्कने

उत्कृष्ट तीज गीत 
दीया नेपाल ः पिलासे चोली

सर्वोत्कृष्ट तीज गीत
ऋतु कडेल ः अलि अलि लजाउँदै

उत्कृष्ट तीज गीत गायिका
रोशनी रसाईली ः  गर्छु माया गर्छु

सर्वोत्कृष्ट तीज मौलिक गीत
सुनिता दुलाल ः स्वामीको प्यारी

उत्कृष्ट तीज मौलिक गीत गायिका 
कल्पना काफ्ले ः कम्मरै ढलमल

उत्कृष्ट तीज गीत कम्पनी 
शिव दर्शन फिल्मस् ः गायत्री थापा

युगल तीज गीत गायन
सोमा खत्री÷सोभा क्षत्री

जुरी अवार्ड
आमाको वेदना ः शुशील ज्ञावाली

 

४ बर्ष अगाडि

प्रतिक्रिया