काठमाडौं,पपुवा न्यूगिनीसँग दुई एक दिवसीय क्रिकेट शृङ्खला अन्तर्गत जारी पहिलो खेलमा नेपालले सातौ सफलता हात पारेको छ ।
जारी खेलमा खेलमा सन्दीप लामिछानेले तीन, विक्रम शोवले दुई तथा कुशल मल्लले पनि दुई विकेट लिइसकेका छन् । २५ ओभरको खेल सकिँदा पपुवा न्यूगिनीले सात विकेट गुमाएर मात्र १०३ रन जोडेको छ ।
एकदिवसीय खेलमा डेब्यू गरेका विक्रम शोवले पहिलो बलमै विकेट लिएका थिए ।
शोवले दोस्रो ओभरको पहिलो बलमा पिएनजीका टोनी उरालाई बोल्ड गरेका थिए । दोस्रो ओभर फाल्न चौथो ओभरमा आएका विक्रमले व्यक्तिगत दोस्रो विकेट लिए ।
ओमानको अमेरात मैदानमा टस हारेको नेपालले पहिले बलिङ गरिरहेको हो ।
प्रतिक्रिया