काठमाडौं, २०१९ मा रिलिज भएको सुपरहिट तमिल फिल्म ‘थडम’ को हिन्दी रिमेकमा अभिनेता आदित्य रोय कपूरको जोडी अभिनेत्री मृणाल ठाकुरसँग बाँधिएको छ । फिल्ममा मृणालले एक प्रहरी अधिकारीको भूमिका निर्वाह गर्नेछिन् । वास्तविक घटनामा आधारित भएर निर्माण हुन लागेको फिल्मलाई वर्धन केतकरले निर्देशन गर्दैछन् । यो थ्रिलर फिल्मको आउँदो अक्टोबरबाट छायांकन सुरु हुँदैछ ।
फिल्ममा अनुबन्धपछि मृणालले भनेकी छन्, ‘जब मैले फिल्मको कहानी सुनेँ, तब मलाई महशुस भयो कि म यो फिल्मको हिस्सा हुनुपर्छ । फिल्ममा मेरो भूमिका निकै चुनौतीपूर्ण छ । यो मैले अहिलेसम्म निभाएको चरित्रभन्दा अलग हुनेछ ।’ उनले यसअघि ‘तुफान, सुपर ३०, बाटला हाउस, लभ सोनिया’ लगायतका फिल्ममा अभिनय गरिसकेकी छन् भने ‘जर्सी’ रिलिज हुन बाँकी छ ।
टि(सिरिजका भूषण कुमार र मुराद खेतानीले निर्माण गर्ने फिल्ममा आदित्यको दोहोरो भूमिका हुनेछ ।
प्रतिक्रिया