युनिलिभर नेपालको नगद लाभांश घोषणा, प्रतिकित्ता शेयर बराबर कति रुपैंया ?

४ बर्ष अगाडि

काठमाडौं,  युनिलिभर नेपाल लिमिटेडले आर्थिक वर्ष २०७७/७८ सम्मको मुनाफाबाट नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

गत सोमवार बसेको सञ्चालक समितिको बैठकले प्रतिकित्ता शेयर बराबर ६५० रुपैयाँ नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । 
 
कम्पनीले साधारण सभाबाट पारित भएको ४५ कार्य दिनभित्र शेयरधनीहरुलाई नगद लाभांश वितरण गरिने पनि बताएको छ।

लाभांश वितरणका लागि कम्पनीले आगामी असोज २५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। त्यसैले असोज २४ गतेसम्म कायम शेयरधनीहरु  कम्पनीले प्रस्ताव गरेको लाभांश प्राप्तिका लागि योग्य हुने छन्।

सञ्चालक समितिले प्रस्ताव गरेको यो लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि मात्र वितरण हुनेछ ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया