काठमाडौं, तेह्रथुम पावर कम्पनीको आइपीओ बुधबार बाँडफाँट हुने सम्भावना रहेको छ । बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलका अनुसार हिजो (सोमबार) प्रि–अलोटमेन्ट सम्पन्न गरी बुधबार बाँडफाँट गर्ने तयारी भएको छ । तर, समय र स्थानको भने टुंगो भने लागिसकेको छैन ।
आइपीओमा २३ लाख ९६ हजार ३४८ जना आवेदकबाट कुल ३ अर्ब १२ करोड ४६ लाख ९१ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । यसआधारमा सर्वसाधारणलाई बिक्री गरिएको ७ लाख ४४ हजार कित्तालाई आधार मान्दा ७४ हजार ४०० हजार आवेदकले १० कित्ताका दरले सेयर हात पार्ने देखिएको छ । २३ लाख २१ हजार ९४८ जना भने आइपीओ पाउनबाट बञ्चित हुनेछन् ।
कम्पनीले भदौ ९ गतेबाट सर्वसाधारणका लागि ८ लाख कित्ता आइपीओ बिक्री खुला गरेको हो । जसमध्ये ४० हजार कित्ता म्युचुअल फन्डलाई र १६ हजार कित्ता सेयर कर्मचारीलाई सुरक्षित गरेको थियो । बाँकी ७ लाख ४४ हजार कित्तामा सर्वसाधारणले आवेदन दिन सक्ने व्यवस्था रहेको थियो । तेह्रथुम पावरले तेह्रथुम जिल्लामा ७.५ मेगावाटको अपर खोरुङ स्मल हाइड्रोपावर प्रोजेक्ट निर्माण गरिरहेको छ ।
प्रतिक्रिया