कतारको एक कम्पनीमा भारी सख्यामा नेपाली पुरुष कामदारको माग, मासिक तलब र हवाई टिकटको व्यवस्था कस्तो ?

४ बर्ष अगाडि

काठमाडौं, कतारको एक कम्पनीले भारी सङ्ख्यामा नेपाली कामदारको माग गरेको छ । कतारको कतार  सहरमा रहेको DOHA GROUP TRANDING & CONTRACTING WLL कम्पनीले १७६ नेपाली पुरुष कामदारको माग गरेको हो । 

न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् ।

कामदारले तलब खान बस्ने सहित ३१ हजार माथि देखि ३४ हजार माथि पाउनेछन् । इच्छुक कामदारले ब्लू ओसियन ओभरसिज प्रा.लि. सामाखुसी कठमाडौमा भदौ २८ गते अन्तरवार्ता दिनु पर्ने छ । 

स्वदेशमा हुने जीवन बिमा, स्वदेशमा हुने मेडिकलको खर्च र भिसा स्ट्याम्पीङ शुल्क कामदारले बेहोर्नु पर्ने छ । त्यस्तै विदेशमा हुने बिमा शुल्क, विदेशमा गरिने मेडिकल खर्च, हवाइ टिकट र भिसा शुल्क रोजगारदाता कम्पनीले बेहोर्ने छ ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया