काठमडौं, हाइड्रोपावर कम्पनीहरुले गत आर्थिक वर्षमा अर्ब १० करोड ६५ लाख रुपियाँ खुद नाफा गरेका छन् । नेपाल स्टक एक्सचेन्जको हाइड्रो समूहमा सुचीकृत ४० कम्पनीहरुले गत आर्थिक वर्षमा सो नाफा गरेका हुन् ।
गत आवको चौथो त्रैमासिकसम्मको विवरण अनुसार सबैभन्दा बढी नाफा वृद्धि गर्नेमा रैरङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी रहेको छ । कम्पनीले अघिल्लो आवको चौथो त्रैमासिकसम्म १ करोड २४ लाख रुपियाँ खुद मुनाफा गरेकोमा ५ करोड ९० लाख खुद मुनाफा गरेको छ । त्यस्तै अरुण काबेली पावरले अघिल्लो आवमा १० करोड ९७ लाख रुपियाँ खुद नाफा गरेकोमा गत आवमा २८ करोड ९७ लाख खुद मुनाफा गरेका छन् ।
पुँजीको आधारमा हाइड्रोपावर कम्पनीमा अपर तामाकोशीको चुक्ता पुँजी सबैभन्दा बढी १० अर्ब ५९ करोड रुपियाँ रहेको छ भने सबैभन्दा कम दिव्येश्वरी हाइड्रोपार कम्पनीको २६ करोड ४० लाख रुपियाँ रहेको छ । हाइड्रोपावरमा सुचीकृत कम्पनीमध्ये २१ कम्पनीको चुक्ता पुँजी १ अर्बभन्दा बढी रहेको छ । १९ कम्पनीको चुक्ता पुँजी १ अर्बभन्दा कम छ । पछिल्लो समय हाइड्रोपावर कम्पनीको शेयर मूल्यमा उछाल आउनुमा न्यून चुक्ता पुँजीलाई पनि लिने गरिन्छ । हाइड्रो परिसूचक करिब १ वर्षको दौरान न्यूनतम ८८६ विन्दुबाट बढेर अधिकतम ३ हजार ८ सय ७४ विन्दुसम्म पुगेको छ ।
हाइड्रोपावर कम्पनीमा सबैभन्दा बढी रिजर्भ बुटवल पावर कम्पनीको रहेको छ । कम्पनीको रिजर्भमा ४ अर्ब ४ करोड ७७ लाख रुपियाँ रहेको छ । त्यस्तै चिलिमे हाइड्रोपावर कम्पनीको रिभर्जमा ३ अर्ब ८५ करोड ६५ लाख रुपियाँ रहेको छ । सानिमा माई हाइड्रोपावरको रिजर्भमा ६८ करोड रुपियाँ रहेको छ । रिजर्भमा उच्च रकम रहेका हाइड्रोपावरले अन्य सहायक कम्पनीहरुमा पनि लगानी गरेका छन् । चिलिमे हाइड्रोपावरले रसुवागढी, साञ्जेन, मध्य भोटेकोशीलगायतका आयोजनामा लगानी गरेका छन् । त्यस्तै बुटवल पावर कम्पनीले मनाङ मस्र्याङदीलगायतका आयोजनाहरुमा लगानी गरेका छन् ।
तथ्यांकअनुसार प्रति शेयर आम्दानी खानीखोला हाइड्रोपावर उच्च देखिए पनि उनले हालसम्म कम्पनीले फाइदा गरेर कमाएको नभई नेपाल विद्युत प्राधिकरणलाई दाबी गरेको रकमलाई नाफामा देखाएर इपीएस बढाएको हो । इपीएसको आधारमा हेर्दा हाइड्रोपावर कम्पनीको इपीएस १० देखि २० रुपियाँ प्रति शेयर मात्र देखिएको छ । ङादी गु्रप पावरको इपीएस २०.८३ रुपियाँ, अरुण काबेलीको १८.२७ र प्रिमियममा शेयर जारी गरेको रुरु जलविद्युत परियोजनाको इपीएस १७।७ रहेको छ । ४० मध्ये ९ वटा कम्पनी अझै पनि नोक्सानीमै रहेको छ । हाइड्रोपावरमध्ये सबैभन्दा कम इपीएस दिव्यश्वरी हाइड्रोपावरको रहेको छ ।
प्रतिक्रिया