दँशैमा छुटको आशामा बसेका ग्राहकलाई सुजुकीको उपहार १.९ प्रतिशत मूल्यवृद्धि

४ बर्ष अगाडि

सुजुकीले भारतीय बजारमा आफ्नो चार पाङ्ग्रे सवारीको मूल्य बढाएको छ। कम्पनीले सोमबारदेखि लागू हुने गरी गाडीको विभिन्न मोडलमा १.९ प्रतिशतले मूल्य बढाएको हो। 

कम्पनीले गत अगस्ट मै चार पाङ्ग्रेमा मूल्य बढ्ने सम्भावना घोषणा गरेको थियो। उत्पादन लागत बढेसँगै गाडीको बिक्री मूल्य बढेको हो। सोमबार नयाँ मूल्य सूची सार्वजनिक भएसँगै कम्पनीले सन् २०२१ मा गाडीको मूल्य तेस्रो पटक बढाएको हो। 

मारुती सुजुकीले यसभन्दा अघि जनवरी र अप्रिलमा गाडीको मूल्य बढाएको थियो। भारतको सबैभन्दा ठूलो कार निर्माण ब्रान्डका अनुसार गाडी निर्माणमा आवश्यक कच्चा सामग्रीको मूल्य बढेसँगै समग्र उत्पादन खर्च बढेको हो।

जनवरीमा सुजुकीले कारको केही मोडलमा भारु ३४ हजारसम्मले मूल्य बढाएको थियो। पछि अप्रिलमा भने १.६ प्रतिशतले गाडीको मूल्य वृद्धि भयो। 

चाडपर्व नजिकिँदै गर्दा इन्धन र गाडीको मूल्य बढेको बढ्यै छ। यसले गाडीको बिक्री गिरावटसँगै ठूलो असर देखिने कम्पनीले अनुमान लगाएको छ। 

मारुती सुजुकी बाहेक टाटा मोटर्स, होन्डा कार, टोयोटा मोटर्स, भोल्सवागनले पनि आफ्नो चार पाङ्ग्रेको मूल्य बढाएको छ। चार पाङ्ग्रे सवारीसँगै विभिन्न कम्पनीले दुई पाङ्ग्रेको पनि मूल्य बढाउने क्रम जारी छ। 

भारतमा सवारीको मूल्य वृद्धिसँगै यसले नेपालमा पनि असर देख्ने पक्का छ।

४ बर्ष अगाडि

प्रतिक्रिया