काठमाडौंका जनप्रतिनिधि २ लाख घुस सहित पक्राउ

४ बर्ष अगाडि

काठमाडौं – काठमाडौं महानगरपालिका वडा नम्बर–१४ का वडा सदस्य बसन्त महर्जन घुससहित पक्राउ परेका छन् ।

कंलकी खसीबजारस्थित तन्दुरी रेष्टुरेन्टमा बसेर घुस लिईरहेको अबस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालको टोलीले महर्जनलाई पक्राउ गरेको हो । 

वडा सदस्य महर्जनले मैतिदेवीको जग्गा नामसारी र नाता प्रमाणित गरिदिने भन्दै दुई लाख रकम बुझेका थिए । 

घुस रकमसहित रंगेहात पक्राउ परेका उनलाई थप अनुसन्धान र कारबाहीको लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालमा लगिएको छ । 

महर्जन नेकपा (एमाले) बाट निर्वाचित वडा सदस्य हुन् । 

४ बर्ष अगाडि

प्रतिक्रिया