नेपाल टेलिकमको टावरबाट ४८ थान ब्याट्री चोरी गर्ने व्यक्तिलाई जिल्ला प्रहरी कार्यालय गुल्मीले प्रहरीले पक्राउ गरेको छ ।
भारतको लखनउ स्थित महावीर २७३ घुन्घचेला घर भएका ३१ वर्षीय सचेन्द्र कुमार गौतम भन्ने सत्येन्द्र कुमारलाई प्रहरीले रुपन्देहीबाट पक्राउ गरेको हो ।
उनले भदौ ९ गते गुल्मीको धुर्कोट गाउ“पालिका ६, धुर्कोटमा रहेको टावरबाट ब्याट्री चोरी लगेकोका प्रहरीले जनाएको छ । पुरानो विस्थापित हुने अवस्थामा रहेको टावरबाट ४ सय एच टू भोल्टका ४८ वटा ब्याट्री हराएपछि टेलिकमले भदौ १० गते प्रहरीमा उजुरी गरेको थियो ।
खोजतलासको क्रमममा प्रहरीले सत्येन्द्रको रुपन्देहीको बुटवल ११, प्रगतीनगरमा भाडाको कोठामा ति ब्याट्रीहरु बरामद गरेको थियो ।
बुटवलबाट नियन्त्रणमा लिएका सत्येन्द्रलाई जिल्ला अदालत, गुल्मीबाट म्याद थपेर अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया