काठमाडौं - दुबईले भारी सङ्ख्यामा नेपाली कामदारको माग गरेको छ । दुबई सहरमा रहेको star securityservices LLC कम्पनीले पिएसबिडि सेक्युरिटी गार्डका लागि २०० पुरुष र ५० महिला यस्तै डिपिएस सेक्युरिटी गार्डका लागि १०० पुरुष गरि जम्मा ३५० नेपाली कामदारको माग गरेको हो ।
न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् ।
कामदारले तलब खान बस्ने सहित ३६ हजार माथि देखि ६३ हजार माथि पाउनेछन् । इच्छुक कामदारले staris HR services pvt. ltd. को कार्यालय सामाखुसी काठमाडौंमा भदौ २८ गते अन्तरवार्ता दिनु पर्ने छ ।
स्वदेशमा हुने जीवन बिमा, स्वदेशमा हुने मेडिकलको खर्च र भिसा स्ट्याम्पीङ शुल्क कामदारले बेहोर्नु पर्ने छ । त्यस्तै विदेशमा हुने बिमा शुल्क, विदेशमा गरिने मेडिकल खर्च, हवाइ टिकट र भिसा शुल्क रोजगारदाता कम्पनीले बेहोर्ने छ ।
प्रतिक्रिया